बजेट नै ४ सय करोड ?

फिल्म । प्राय आफ्नो युनिक कन्सेप्टका कारण नोटिस भइरहेका भारतीय निर्देशक एसएस राजमौलीलाई उनको पछिल्लो फिल्म बहुबालीको सिरिजले विश्वभर परिचित बनायो । भारतीय फिल्ममा सर्वाधिक व्यापार गर्ने फिल्ममा स्थापित बाहुबलीपछी उनले आरआरआर नामक फिल्म निर्देशन गरिरहेका छन् । साउथ इन्डियन दुइ हिरो जुनियर एन्टीआर र रामचरणसंगै फिल्ममा अजय देवगन पनि छन् ।

यो फिल्मको काम अन्तिम चरणमा रहदा यसपछि राजमौलीले कोसंग काम गर्नेछन् ? भन्ने जिज्ञाषा फ्यान माँझ बढ्दै गरेको छ । किनकी बेलाबखतमा उनले काम गर्ने भनिएको फिल्मको चर्चा हुने गरेको छ । यसैबीच साउथ इन्डियन न्युज पोर्टलको खबरलाई आधार मान्ने हो भने उनले अब महेश बाबुसंग काम गर्नेछन् । साउथका ह्यान्डसम हिरोमा पर्ने महेशसंग उनको कुराकानी भइसकेको बताइएको छ ।

महेश पनि राजमौलीसंग काम गर्न इच्छुक छन् । किनकी राजमौलीले आफ्नो कामले आफुलाई अब्बल भारतीय निर्देशनमा पारिसकेका छन् । जंगल केन्द्रीत विषयवस्तुमा आधारित रहने फिल्मको बजेट ४ सय करोड हुने अनुमान गरिएको छ । यद्दपी यस विषयमा आधिकारिक रुपमा महेश र राजमौलीले केहि बोलेका छैनन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्