यसकारण टाइगर र दिशा विरुद्ध एफआइआर दर्ता

फिल्म । भारतमा कोरोना भाइरसको दोस्रो लहर बढेसंगै लकडाउन दिल्ली र मुम्बईमा भयो । अवस्था केहि सहज हुँदा पनि कडाइ गरिएकै छ । यद्दपी लकडाउनको सहि पालना नगरेको भन्दै बलिउडका अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानी विरुद्ध मुम्बई पुलिसले एफआइआर दर्ता गरेको छ । यी दुई कलाकारलाई जुन १ तारिखमा मुम्बइमा घुमफिर गरिरहेको समयमा प्रहरीले सोधपुछ गरेको थियो ।

टाइगर र दिशाले घरबाट बाहिर निस्किनुको ठोस् कारण नपाएपछी मुम्बई प्रहरीले कागजात चेक गर्दै भारतीय मिडियालाई जानकारी दिएको छ । मुम्बई प्रहरीको आधिकारिक ट्विटर ह्यान्डलमा यी दुइका विरुद्ध धारा १८८ अनुसार एफआइआर दर्ता गरिएको जनाईएको छ । मुम्बइमा जुन १५ तारिखसम्म कर्फ्यु लगाइएको छ भने बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म मात्र बाहिर निस्कने छुट छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्