शैक्षिक प्रमाणपत्र मार्फत २५ लाखसम्म ऋण

देश । आर्थिक वर्ष २०७८ ७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने घोषणा गरेका छन् । अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यसको ब्याजदर अधिकतम ५ प्रतिशत हुने समेत बताएका छन् । यस्तो ऋण स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि उपलब्ध हुने उनले बताए ।

कमेन्ट गर्नुहोस्