फिल्म । ‘बाहुबली’ सिरिज मार्फत विश्वभरका दर्शक माँझ विश्वासलाई बलियो बनाउन सफल निर्देशक एसएस राजामौलीको निर्देशन रहेको पछिल्लो फिल्म ‘आरआरआर’ तेलगुसँगै तामिल , मलायलम , कन्नड र हिन्दी भाषामा रिलिज हुने तयारीमा छ । यस फिल्मले यसबाहेक अंग्रेजीसंगै पोर्चुगिज , कोरियन , टुर्किस र स्प्यानिस भाषामा पनि आफुलाई रिलिज गर्ने भएको छ । फिल्मलाइ प्यान स्टुडियोले विभिन्न भाषामा सोल्ड गरेको छ ।
निर्माण पक्षले एक भिडियो सार्वजनिक गर्दै यसबारे जानकारी दिएको छ । फिल्म तामिल , तेलुगु , कन्नड र मलयालम भाषामा जी फाइभमा रिलिज हुनेछ भने हिन्दी र अंग्रेजी सहित अन्य भाषामा नेटफ्लिक्समा रिलिज हुनेछ । फिल्मको बजार विस्तार गर्नका लागि यसलाई १० भाषामा रिलिज गर्ने लागिएको निर्माण पक्षले जनाएको छ । यस्तै , यसको स्याटेलाइट राइट्स पनि विक्री भएको छ ।
यसको हिन्दी भाषा जी सिनेमा , मलयालम एसिया नेट र तामिल , तेलुगु , कन्नडलाई स्टार च्यानल अन्तर्गत हेर्न पाइनेछ । डिजिटल प्लेटफर्ममा फिल्महरु हलमा रिलिज भएको बढीमा १ सय दिन र कम्तिमा ७० दिनमा उपलब्ध हुनेछ । यद्दपी यसको राइट्स कतिमा बिक्यो भन्ने अझै घोषणा गरिएको छैन । अधिकार प्राप्त कम्पनि प्यान स्टुडियोले यो राइट्स सोल्ड गरेको हो ।
फिल्ममा जुनियर एनटीआर , रामचरणसँगै अजय देवगन र आलिया भट्टको मुख्य भूमिका रहेको छ । फिल्म ब्रिटिस समयको स्वतन्त्रता सेनानी सीताराम राजुको कथामा आधारित छ । ३ सय करोड हाराहारी निर्माण लागत रहेको फिल्मको प्रतिक्षा विश्वव्यापी छ । यसको रिलिज अक्टोबरमा हुने बताइएको छ , यद्दपी कोरोना भाइरसको भारतमा बढ्दो असरले रिलिज हेरफेर हुन् सक्ने अनुमान लागेको छ । (एजेन्सी)
IT'S OFFICIAL… Besides releasing in #Hindi, #Telugu, #Tamil, #Malayalam and #Kannada, #RRR will also release in various foreign languages: #English, #Portuguese, #Korean, #Turkish and #Spanish… The digital streaming rights are with Netflix… OFFICIAL POSTER… pic.twitter.com/IWDbPIiJox
— taran adarsh (@taran_adarsh) May 26, 2021










