‘मनी हेइस्ट’ रिलिज तय

सिरिज । कोरोना भाइरस (कोभिड १९ ) का कारण लकडाउन भएदेखि नै विश्वभर ओटीटी प्लेटफर्मका दर्शक बढिरहेका छन् । विशेषत घरमै रहनु परेपछि डिजिटल प्लेटफर्ममा उपलब्ध कन्टेनलाई दर्शकले रोजेका हुन् । यसक्रममा फिल्म भन्दा बढी चर्चा पाउनेमा वा राम्रो समिक्षा पाउनेमा पछिल्लो समय सिरिज पर्ने गरेका छन् । यसमध्येकै एक हो ‘मनी हेइस्ट’ ।

नेटफ्लिक्समा रहेको यो सिरिज प्रतिक्षित मध्येको एक हो । चोरी गर्न योजना बनाउने प्रोफेसर र उसको टिमको कथामा आधारित चर्चित सिरिज ‘मनी हेइस्ट’को अन्तिम सिजन दुई भागमा आउने भएको छ । भिडियो मार्फत डेट सार्वजनिक गर्दै नेटफ्लििक्सले पहिलो भाग सेप्टेम्बर ३ मा र दोस्रो भाग डिसेम्बर ३ मा रिलिज हुने जनाएको छ । सिरिजका जन्मकर्ता अलेक्स पिनाले अन्तिम भाग विशेष बनाउने अभिप्रायले थप काम गरेको बताएका छन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्