मौरीको ‘गडमदर’

फिल्म । हलिउड एक्ट्रेस एन्जोलिना जोलीले हालै अल्लगै किसिमको फोटोसुट गरेकी छिन् । उनले गरेको फोटोसुटमा १८ मिनेट मौरीसँग बस्नु परेको थियो । मौरी जिउ भरी राखेर गरेको फोटोसुट उनले नेसनल ज्योग्राफिक पत्रिकाका लागि गरेकी हुन् । मौरी देख्नासाथ् प्राय डराउने गर्छन् , तर उनले फोटोसुट गरेर आश्चर्यमा समेत पारेकी छिन् ।

उनले यो फोटोसुट मौरी संरक्षण दिवसको अवसर पारेर मौरी संरक्षणको सन्देश दिने उद्देश्यले गरेकी हुन् । उनको फोटोसुट गर्ने क्रममा पाखुरा, हात र अनुहारमा समेत मौरी राखिएका थियो । त्यसको लागि इटालीबाट मौरी ल्याइएको थियो । सुटका दौरान एन्जोलिनाबाहेक अरुलाई मौरीले नटोक्ने गरी संरक्षित गरिएको थियो भने एन्जोलिना भने विना संरक्षण थिइन् ।

फोटो खिच्ने काम भने ड्यान विन्टर्सले गरेका हुन् । मौरी जम्मा गर्न फोटोग्राफर ड्यानले जोलीको अनुहार तथा पाखुरामा केमिकल दलेका थिए जसकारण मौरी त्यहाँ जम्मा भएका थिए । नेसनल ज्योग्राफिकका अनुसार जोलीलाई यो संस्थाले मौरीको ‘गडमदर’ उपाधि पनि दिएको छ । युनेस्कोले आउँदा पाँच वर्ष मौरीको संख्या चौब्बर बनाउने संकल्प लिएको छ ।

कमेन्ट गर्नुहोस्