विपिन ‘लाल मोहनजी’

फिल्म । अभिनेता विपिन कार्कीले नयाँ फिल्म ‘लाल मोहनजी’ मा अभिनय गर्ने भएका छन् । निर्माण पक्षले विपिन अनुबन्धित गरेको तस्वीर सार्वजनिक गर्दै यसबारे जानकारी गराएको हो । सम्राट बस्नेतको निर्देशनमा बन्ने थ्रिलर कमेडी फिल्म ‘लाल मोहनजी’ मा विपिनसँगै अर्पण थापा, कर्मा शाक्य, रोहित रुम्बा, रविन्द्र झा, सुस्मा कार्की, सुभाष मेचे, कालु राना, सुगन तण्डुकार र बाल कलाकार सुशान्त मेचेको पनि अभिनय रहनेछ ।

आर. रोसफी फिल्मस्को ब्यानरमा बन्न लागेको फिल्मका प्रस्तुतकर्ता तथा निर्माता सुगन तण्डुकार हुन् । प्रवेश पौडेलको कथामा पटकथा तथा संवाद आकाश बरालले तयार पारेका छन् । फिल्ममा सन्तोष राजको संगीत, निरज कडेलको छायांकन, राजु तामाङको द्वन्द्व, कबिराज गहतराजको नृत्य र अर्जुन जिसीको सम्पादन रहनेछ । नेपालको झापाको भद्रपुर, भारत, क्यानडा र अष्ट्रेलियामा फिल्मको छायांकन हुने निर्देशक बस्नेतले बताए ।

कमेन्ट गर्नुहोस्