फिल्म । रङ्ग पत्रकारिता हुँदै सर्ट फिल्म निर्देशनमा पाइला टेकेका रामजी ज्ञवालीले नयाँ सर्ट फिल्म ‘एक लभर’ सार्वजनिक गरेका छन् । ‘एक लभर’ मा नेपालका युवायुवतीको विदेश मोह र त्यसले प्रेम सम्बन्धमा पारेको असरलाई विषय बनाइएको छ । झन्डै ३० मिनेटको रहेको सर्ट फिल्मलाई दुर्गाप्रसाद ज्ञवालीको निमार्णमा तयार भएको हो ।
प्रेमीलाई भेट्न अस्टेलिया जान खोजेकी एक युवतीले नेपालका एक धनाढ्य युवालाई प्रेमको नाटक गरी लाखौं खर्च गराएर जब अष्ट्रेलिया पुग्छिन्, त्यसपछि उसले नेपालका प्रेमीसँग सम्बन्ध तोड्ने कथाले युवापुस्तालाइ संदेश दिने बुझाइ निर्देशक ज्ञवालीको छ । निर्देशक ज्ञवालीले यसअघि डार्क मुन, लकडाउन, को हौ तिमी, ट्रस्ट, आइ एम सरी, ह्युमानिटी लगायतका फिल्म सार्वजनिक गरिसकेका छन्।
निर्देशक ज्ञवाली र आर्यन अधिकारीको लेखन रहेको ‘एक लभर’ मा शाहिल खान, अनुपमा भण्डारी, राजेश थापा, सायसा बायलकोटी, सरु माझीलगायतका कलाकारको अभिनय रहेको छ। सर्ट फिल्ममा
राम्रो इन्टरटेनमेन्टको सह निर्माता , आर्यन अधिकारी प्रमुख सहायक निर्देशक , सन्दिप रसाइलीको म्युजिक तथा लिरिक्स , असिम केसीको स्वर ,एलिस कार्कीको ब्याकग्राउण्ड म्युजिक, बसन्त घर्ती मगरको भिएफएक्स, नगीना श्रेष्ठको मेकअप रहेको छ । यस्तै , विजय बस्यालको पोस्टर डिजाइन , राजेन्द्र मोक्तान कलरिस्ट , संकल्प भुजेलको छायांकन तथा शाहिल खान र मिलन श्रेष्ठले सम्पादन रहेको छ ।











