६९ डीएसपीको सरुवा

देश । नेपाल प्रहरीका ६९ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय अन्तर्गतको मानवश्रोत एवम प्रशासन विभागले मंगलबार साँझ सरुवा सूची प्रकाशित गरेको छ । जसमा कसलाई कहाँको जिम्मेवारी दिइएको छ भन्ने बारेमा प्रस्ट्याइएको छ ।

जिल्ला प्रहरी कार्यालय, म्याग्दीको प्रमुखमा श्यामकुमार राई सरुवा भएका छन् । महानगरीय प्रहरी वृत्त, बौद्धमा रहँदा घुससहित पक्राउ परेका राई संगठनभित्रका विवादित अधिकृत हुन् । तर, उनलाई शक्तिकेन्द्रको दबाबमा म्याग्दीको नेतृत्व प्रहरी प्रधान कार्यालयले सुम्पिएको छ ।

सातदोबाटोमा दिनेश घिमिरे, दमकमा नवराज कार्की, रामेछापमा नवराज ढुंगाना, चिनिमाया तामाङको बैदाम (कास्की), गोविन्दराज काफ्लेको जिल्ला प्रहरी कार्यालय, ओलखढुंगा र सन्तोष आचार्यको इलाका प्रहरी कार्यालय, अनारमनीमा सरुवा भएको छ ।

कमेन्ट गर्नुहोस्