गुणराज र अस्मिताको ‘दोबाटोमा चौतारी’ (भिडियाे)

संगीत । गायक गुणराज श्रेष्ठ र गायिका अस्मिता अधिकारीको ‘दोबाटोमा चौतारी’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा सुष्मा देवकोटाको शब्द रहेकोछ भने सुवास भुषालले संगीत भरेका छन् ।

गीतमा सुधिर श्रेष्ठ, श्रृस्टी खड्का र गायक स्वयम् श्रेष्ठको अभिनय रहेको छ । भिडियोलाई निशान घिमिरेले निर्देशन गरेका हुन् । उत्सव दाहालले छायांकन गरेको भिडियोमा सुरेन्द्र बसेलको नृत्य निर्देशन रहेको छ ।

कमेन्ट गर्नुहोस्