अञ्जुको गीतमा छोरी परितोसिकाको मोडलिङ

संगीत । गायिका अञ्जु पन्तकी छोरी परितोसिका पन्तले अभिनयमा डेब्यू गरेकी छिन् । उनले म्युजिक भिडियो मार्फत अभिनय यात्राको सुरुवात गरेकी हुन् । आफ्नै आमा अन्जुको स्वर तथा संगीतमा तयार भएको गीत ‘धेरै माया नदेउ’को म्यूजिक भिडियोमा उनि देखिदै छिन् ।

उनको साथमा भिडियोमा कुनसाङ बोमजमले अभिनय गरेका छन् । निर्देशक निकेश खड्काले परितोसिकालाई अभिनय यात्रामा डेब्यू गराएका हुन् । ‘परिले डेब्युका लागि मेहनत गरेकी छिन्,’ निकेश भन्छन् ‘उनलाई परि झैँ भिडियोमा प्रस्तुत गर्नेछौँ ।’कलरफूल रोमान्टिक भिडियो बनाउन माहिर मानिने निकेशले भिडियो मार्फत परिले दर्शकको मनमा स्थान बनौअने विश्वास व्यक्त गरे ।

गीतमा सुरेश वाग्लेको शब्द रहेको छ । भिडियोमा राम्रो क्यामेरा चलाउने धिरजजंग शाहले यसलाई छायाँकन गरेका हुन् । भिडियो छिटै सार्वजनिक हुने निकेशले बताए ।

कमेन्ट गर्नुहोस्