डिस होममा ‘खाली पिली’

फिल्म । हिन्दी फिल्म ‘खाली पिली’ लाई दर्शकले डिस होममा पनि हेर्न पाउने भएका छन् । आउँदो अक्टुबर २ मा डिजिटल प्लेटफर्म मार्फत रिलिज हुन् लागेको फिल्म नेपालमा भने डिस होम अन्तर्गतको सिनेमा घर च्यानलमा रिलिज हुनेछ ।

अहिले दर्शकले हेर्दै आएको सिस्टममै यो फिल्म पनि उपलब्ध हुनेछ । अर्थात् दर्शकले फिल्म हेरेवापट प्रति शो तोकिएको शुल्क तिर्नु पर्नेछ । कोरोना भाइरसको सिर्जित अवस्थाले गर्दा नेपालमा पनि गत चैत्र देखि हल बन्द छ । नेपालमा पर्याप्त ओटीटि प्लेटफर्म नरहेकाले दर्शकले विदेशी प्लेटफर्ममै निर्भर रहनु परेको छ । केहि नयाँ नेपाली फिल्म रिलिज गरेको डिस होमले ‘खाली पिली’ मार्फत भारतीय फिल्मको प्रदर्शन शुरुवात गरेको हो ।

बलिउडका नयाँ पुस्ता इशान खट्टर र अनन्या पाण्डे अभिनित फिल्म ‘खाली पिली’ को सार्वजनिक टिजरले राम्रो प्रतिक्रिया बटुल्न सकेको थिएन । सुशान्त सिंह राजपुतको मृत्यु भएसँगै बलिउडमा उदय भएको नेपोटिजमको मुद्दाकै कारण यो फिल्मको सार्वजानिक सामग्रीलाई पनि नकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको हो ।

कमेन्ट गर्नुहोस्