खुमन र शान्ती श्रीको दशै गीत ‘मर्ने बाच्नेको’ (भिडियो)

संगीत । हिन्दुहरुको महान चाड विजयादशमीलाई लक्षित गर्दै गायक÷गायिका खुमन अधिकारी र शान्तीश्री परियारको स्वरमा पनि दशै गीत ‘मर्ने बाच्नेको’ सार्वजनिक भएको छ । सार्वजनिक गीतको भिडियोमा बिमल अधिकारी, दिब्यनी वली, रमेश अधिकारी, सौभाग्य सिंह, आरोश भुषाल, सुमन बजगाई, बिष्णु वस्ती, अर्चना भुषाललगायतको अभिनय रहेको छ ।

बिदेशमा रहेका युवा दशैमा घर आउन नपाउदा उसले र उसको परिवारले महशुस गर्ने दुःख भिडियोमा देखाउन खोजिएको छ । गायिका तथा कलाकार गायत्री थापाको निर्देशा रहेको भिडियोमा करण चौसिरको छायाँकन तथा मनोज कार्कीको सम्पादन रहेको छ । बिष्णु न्यौपानेको शब्द तथा खुमन अधिकारीकै संगीत रहेको गीतको म्युजिक एरेन्जर हेमन्त शिशिर हुन् ।

कमेन्ट गर्नुहोस्