हङकङबाट ‘पुरानो बुलेट’ को सुरुवात

फिल्म । अनुपबिक्रम शाही अभिनित फिल्म ‘पुरानो बुलेट’ को प्रदर्शनको सुरुवात हङकङबाट हुने भएको छ । पोष्ट प्रोडक्सनमा रहेको फिल्मले हङकङमा ‘वर्ल्ड प्रिमियर’ गर्ने निर्देशक भिषण राईले बताएका छन् । फेब्रूअरी २३ मा साँझ ६ बजे हङकङको याउमातेई स्थित कम्युनिटी हलमा फिल्मको पहिलो प्रदर्शनी हुनेछ ।

‘हेल्प फर ह्युमिनिटी’ (न्यानो काख अभियान) सहयोगार्थ प्रर्दशन हुने फिल्मको पहिलो शो मा डोनेसन गर्न चाहनेहरुबाट सङ्कलित रकम उक्त अभियानमा उलपब्ध गराइनेछ । हङकङमा रहेर पत्रकारितासँगै समाजसेवामा आफुलाई समाहित गरिरहेका अनोज रोका, मज्जाको राई, विजय लिम्बु, सरु राई र सुनिता लिम्बुले ‘पुरानो बुलेट’ प्रिमियरको जिम्मा लिएका छन् ।

पुर्वेली टिपिक्यालिटीलाई थिम बनाउँदै निर्माण भएको फिल्ममा अनुपबिक्रमसँगै बर्षा शिवाकोटी , माला लिम्बु ,कविता आले, कृष्णभक्त महर्जन, शिरोमणी दवाडी, शिव मुखिया, दिवज राई, बादल श्रेष्ठ, करण धिताल, युडी गुप्ता लगायतका कलाकारहरुको अभिनय रहेकोछ । सन्तोष राई कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा अशोककुमार राई, विरेन साम्बा, टिकाराम राई, दिपेन लिम्बु छन् । हरी घले लामाले खिचेको यो फिल्ममार्फत निर्देशनमा डेब्यू गरेका राईले लामो समयको रंग पत्रकारिता र फिल्म समिक्षामा खारिएको अनुभव फिल्म निर्देशनमा खर्चिएको बताए । नेपालमा भने फिल्म चैत्र १ मा प्रदर्शन हुदैछ ।

कमेन्ट गर्नुहोस्