विदेश । प्राय विवादमा आइरहने अमेरिकी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पछिल्लो समय दिएको एक अभिव्यक्तिको कारण गम्भीर विवादमा फसेका छन् । युद्धमा मारिएका अमेरिकी सैनिकलाई ‘हरुवा’ र ‘बुद्धु’ भनेपछि राष्ट्रपति ट्रम्प विवादमा परेका हुन् ।
अमेरिकामा चुनाव नजिकिदै गर्दा ट्रम्प पछिल्लो समय फसेको विवादलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यो अभिव्यक्ति प्रति अमेरिकी सेनाका पूर्व सैनिकहरुले ट्रम्पको आलोचना गरेका छन् । यद्यपि अमेरिकी राष्ट्रपति ट्रम्प र उनका सहयोगीहरुले त्यस्तो अभिव्यक्ति नदिएको भनेर खण्डन गर्दै आएका छन् । तर विश्लेषकहरुले यो विवादका कारण ट्रम्पलाई राष्ट्रपतिमा दोहोरिन समस्या हुने बताएका छन् । (एजेन्सी)
कमेन्ट गर्नुहोस्












