‘गोल्ड प्रिन्सेस अफ द वल्ड २०२०’ बनिन् प्रिन्शा

फेशन । नेपालकी प्रिन्शा खड्काले अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा दुई वटा अन्तर्राष्ट्रिय अवार्ड जितेकी छिन । साउथ युरोपको बुल्गेरियामा अनलाइन मार्फत आयोजित ‘प्रिन्स एण्ड प्रिन्सेस अफ द वल्ड २०२०’ मा नेपालको प्रतिनिधित्व गर्दै ७ वर्षिया प्रिन्शा खड्काले फस्ट प्लेस ‘गोल्ड प्रिन्सेस अफ द वल्ड २०२०’ को उपाधी सँगै स्पेसियल अवार्ड अफ द फेस्टिवल अन्तर्गत ‘प्रिन्सेस ओर्जिनालिटी’ अवार्ड पनि जितेकी छिन् ।

गत बर्ष इजिप्टमा आयोजित अन्तराष्ट्रिय ब्युटी एण्ड प्याजेन्ट शोमा ‘मिनी मोडल वल्ड २०१९’ को क्राउन सँगै बेष्ट डान्सर अवार्ड जितेकी प्रिन्शाले विश्वका विभिन्न देशबाट सहभागी करिव ५० भन्दा बढी बालबालिकासँग उक्त प्रतियोगितामा प्रतिष्पर्धा गरेकी हुन् । आफ्नो उत्कृष्ट प्रस्तुती दिँदै प्रिन्शाले ‘गोल्ड प्रिन्सेस अफ द वल्ड २०२०’ को ताज जितेकी हुन । त्यस्तै नेपालकै अर्की सहभागी सुप्रिया नगरकोटीले पनि ‘सिल्भर प्रिन्सेस अफ द वल्ड २०२०’ जितेकी छिन । विश्वव्यापी रुपमा असर परिरहेको कोभिड-१९ का कारण आवार्ड वितरण भने आउँदो वर्ष सन् २०२१ को जुन १७-२४ तारिखमा बुलगेरियामा गरिने छ ।

प्रिन्शाले नारायण रायमाझीकाे गित ‘कारगिल भाग २’को म्युजिक भिडियोमा अभिनय समेत गरेकी छिन् । प्रिन्शाको सम्पुर्ण कला, सृजनाकाे व्यवस्थापन तथा निर्देशन देखि सबै कुरा आमा सामना देवकोटा र बुवा ऋषिरामले गरेका थिए भने कार्यक्रमको कोर्डिनेट मोर्निङ ग्लोरी इन्टरटेनमेन्टले गरेको थियो ।

कमेन्ट गर्नुहोस्