फिल्म । बलिउडमा मिस्टर पर्फेक्ट भनेर चिनिने एक्टर आमिर खानको उचाई ५ फिट ६ इन्च रहेको छ । विशेषत उनले आफ्नो हाइट भन्दा पनि आफ्नो अभिनय क्षमताले दर्शकको मन जित्दै आइरहेका छन् । तर , सुरुवाती दिनमा उनलाई हाइटले तनाव बढाएको थियो । बलिउडमा हिरो बन्नु अगाडी आफ्नै काका नासिर हुसेनसँग उनले केहि फिल्ममा एसिस्टेन निर्देशनको रुपमा काम गरेका छन् ।
त्यो बेला उनलाई हाइट बढोस् भन्ने लागेको थियो । उनले हाइट बढाउनकै लागि झुन्डिने पनि गरेका थिए । ‘मलाइ किशोर अवस्थामा हाइट बढोस् भन्ने चाहनाले धेरै सताएको छ । मेरो हाइटले समस्या त दिने होइन ? भन्ने लाग्थ्यो । त्यसैले त्यो बेला धेरै उपाए अपनाए जसमध्ये झुन्डिने पनि एउटा थियो’ आमिरले भने । उनले एक अन्तवार्तामा हाइट कम भएर पनि बलिउडमा बनाएको हाइटलाई साटेका छन् ।
‘मैले सधै कथामा ध्यान दिए’ उनले भने ,’त्यसैले होला म स्टार भन्दा पनि कलाकारकै रुपमा दर्शकसामु प्रस्तुत भए ।’ उनले दिल चहता है , रङ्ग दे बसन्ती , दंगल जस्ता फिल्ममा आफ्नो स्टारडमलाई पर्दामा देखिन नदिने कोशिस गरेको बताए । ‘यदि पर्दामा आमिर खान देखियो भने दर्शकको अपेक्षा बढ्न सक्छ । तर , क्यारेक्टर देखियो भने उ प्रति सिमित अपेक्षा हुन्छ । त्यसैले म सधै क्यारेक्टरलाई अगाडी ल्याउने कोशिस गर्छु’ आमिरले भने । उनि पछिल्लो समय टम ह्यांक्सको फिल्म ‘फरेस्ट गम्प’ को रीमेक ‘लाल सिंह चड्डा’ को काममा व्यस्त छन् । (एजेन्सी सहयोगमा)












