संगीत । वरिष्ठ लोकगायक प्रेमराजा महत र उनकी पत्नी कविता महत कोरोनाबाट मुक्त भएका छन् । गत अगस्त ७ मा आफू सहित श्रीमती कवितालाई कोरोना संक्रमण भएको जानकारी फेसबुकमार्फत् दिएका महतले कोरोनालाई जितेपछि अगस्त २८ शुक्रबारको दिन कोरोनाबाट मुक्त भएको जानकारी पनि फेसबुकमार्फत् नै दिएका छन् ।
‘विश्वभरी रहेका हजारौं हजार इष्टमित्रहरूको आशिर्वाद र माया प्रेमले हामीलाई यति हिम्मत दियो कि घातक संक्रमण गर्ने विश्व महामारीको मूलजड कोरोनालाई परास्त गर्ने सफलता मिल्यो’ गायक महतले लेखेका छन् । गायक महत मेरिल्याण्ड र पेनसेलभेनियाका लागि महावाणिज्यदूत पनि हुन् ।
कमेन्ट गर्नुहोस्










