विदेश । फुटबल क्लब बार्सिलोनाले प्रशिक्षक के सेटिएनलाई बर्खास्त गरेको छ । सेटिएनलाई गत जनवरीमा एर्नेस्टो भेलभेर्डेलाई बर्खास्त गर्दै प्रशिक्षक बनाइएको थियो । स्पानि ला लिगा र च्याम्पियन्स लिगमा उनि कोच थिए । जहाँ बार्सिलोनाले राम्रो खेल प्रदर्शन गर्न सकेन । च्याम्पियन्स लिग क्वाटरफाइनलमा जर्मन क्लब बायर्न म्युनिखसँग ८–२ को लज्जास्पद हारपछि ६१ वर्षीय सेटिएन हटाइएका हुन् ।
अब सेटिएनको स्थानमा नेदरल्याण्ड्सको प्रशिक्षक रोनाल्ड कोएमन, टोटनहमका पूर्व प्रशिक्षक माउरिसियो पोचेटिनो र अल शादका मध्ये एक जना प्रशिक्षक बन्ने चर्चा छ । यसबारे क्लबले आधिकारिक रुपमा सार्वजनिक गरिसकेको छैन । (एजेन्सी)
कमेन्ट गर्नुहोस्











