सिरिज । हाँस्य र पारिवारिक रूपमा १३ बर्ष अगाडि नेपाल टेलिभिजनबाट प्रसारण भएको टेलीशृंखला श्रीमती जिन्दावाद युट्युबमा रिलिज गरिएको छ । दर्शकहरूको चाहना अनुरूप यूट्यूब मार्फत टेलीशृंखला प्रसारण गर्न लागिएको जानकारी निर्देशक एबं कलाकार कृष्ण मल्लले दिए । यसलाई ओरेन्ज प्रोडक्शन हाउस ले Global Orange TV hd मा रिलिज गरेको छ ।
यसलाई प्रत्येक शुक्रवार ५ वजे यूट्यूबमा मार्फत धारावाहिक रूपमा दर्शकले हेर्न पाउने छन् । कृष्ण मल्लद्वारा निर्देशित यस धारावाहिकमा स्वयम मल्लसंगै शर्मिला मल्ल,रमेश बुढाथाेकी,सुभाष गजुरेल,नारायण त्रिपाठी,स्व.भिम बहादुर थापा,निला बस्नेत,रवि डङ्गाेल,उतम के सी ,पल्लवी भट् लगायतका कलाकारहरुको अभिनय रहेको छ।
कमेन्ट गर्नुहोस्










