विभाग गठन विधानको विरुद्धमा

देश । कांग्रेस सभापति शेरबहादुर देउवाले विवादका बीच पार्टीका केन्द्रीय विभागका उपप्रमुख, सचिव र सदस्यहरु मनोनयन गरेका छन् । सभापति देउवाले आइतबार राति ११ बजे १० वटा विभागमा ३ सय ९४ जना सदस्यहरु मनोनयन गरेका हुन् । हाधिवेशनको मिति घोषणा भइसकेको अवस्थामा विभाग गठनको औचित्व नभएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले गठनको विरोध गरिरहेका बेला देउवाले एकलौटी रुपमा विभाग गठन र सदस्यहरु मनोनयनको क्रम अघि बढाउदै

उनले यसअघि गठन भइसकेको तरुण र खेलकुद विभागमा समेत केही सदस्यहरु थपेका छन् । सभापति देउवाले गरेको विभाग गठन विधानको विरुद्धमा रहेको नेता पौडेल पक्षको दावी छ । पार्टी विधानअनुसार केन्द्रीय विभागको गठन महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र गठन गरिसक्नु पर्ने व्यवस्था छ । सभापति देउवाले चार वर्षको कार्यकालमा गठन नगरेको विभागलाई महाधिवेशनको कार्यतालिका घोषणा भएपछि गठन गरिरहेका छन् । जसको विरोध भईरहेको छ ।

देउवाले एकलौटी रुपमा २० वटा विभाग गठन गरेकोमा अहिलेसम्म १३ वटा विभागमा सदस्यहरु मनोनयनसमेत गरिसकेका छन् । एउटा विभागमा ५० जनासम्म सदस्य राख्न सकिने व्यवस्था विधानमा छ । देउवाले एक विभागमा बढीमा ४१ सदस्य मनोनयन गरेका छन । संस्थापन इतरपक्षका लागि भन्दै अरु सदस्यहरु खाली राखिएको देउवा निकट एक केन्द्रीय सदस्यले बताए । अहिलेसम्म विभाग प्रमुखबाहेक ५ सय १ जना सदस्यहरु देउवाले मनोनयन गरिसकेका छन् ।

कमेन्ट गर्नुहोस्