देश । कोरोना भाइरसको संक्रमण बढ्ने क्रम रहेको अवस्थामा मृतकको संख्या पनि बढ्दो छ । सिरहाका एक युवकको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । गोलबजार नगरपालिका वडा नम्बर १२ निवासी २१ बर्षीय युवकको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बिहीबार राति मृत्यु भएको सिरहा प्रशासनले पुष्टि गरेको छ ।
मृतक मिर्गाैला रोगी रहेकोले डायलासिस सेवा लिन धरान पुगेका बताइएको छ । सोहि क्रममा जाँच गर्दा केही दिन अगाडि उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको शवलाई ल्याएर सिरहामै व्यवस्थापन गरिने जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ ।
कमेन्ट गर्नुहोस्







