फिल्म । साउथ इण्डियन फिल्मका अभिनेता विक्रमको नयाँ फिल्ममा उनि छोरा ध्रुवसँग देखिने भएका छन् । ६० औँ फिल्ममा विक्रमले छोरालाई पनि कास्ट गरेका छन् । ध्रुवले ‘अर्जुन रेड्डी’ को रीमेक फिल्म ‘आदित्य वर्मा’ मार्फत फिल्मनगरीमा पाइला टेकेका थिए । डेब्यु सोच अनुसारको सुखद नभएपछी विक्रमले छोरा लाई आफ्नै फिल्ममा कास्ट गरेका हुन् । वर्किङ टाइटल ‘चियान ६०’ राखिएको फिल्मलाई कार्तिक सुब्बराजले निर्देशन गर्नेछन् भने यो एक्सन थ्रिलर हुनेछ ।
ध्रुवले आफ्नो सपना पुरा भएको भन्दै समाजिक सञ्जालमा फिल्मको फस्टलुक सार्वजनिक गरेका छन् । उनले निर्देशक , संगीतकार र आफ्नो पितासँग काम गर्न पाउनु निकैनै उत्साहित छन् रहेको प्रतिक्रिया दिएका छन् ।
कमेन्ट गर्नुहोस्










