फिल्म । कोरोना भाइरसको कारण विश्व अहिले ‘लकडाउन’ मा छ । कोरोना भाइरसको फैलिदो संक्रमणलाई रोक्न लकडाउन गर्दै समाजिक दुरी कायम गर्नु पर्ने भएकोले विश्वकका अधिकांस देश अहिले लगभग बन्द छन् । केहि काम घरबाटै गरिएको छ । स्वास्थ्य र सुरक्षाकर्मी बाहेक लगभग अन्य घरमै छन् । यसैसँगै मनोरंजन क्षेत्र पनि उत्तिकै मारमा परेको छ ।
चीनको वुहानमा पहिलोपटक देखिएको कोरोना भाइरस अहिले विश्वका अधिकांस देशमा पुगिसकेको छ । चीनको केहि फिल्म हल खुलेता पनि अन्य देशमा भने बन्द छ । हलिउड तथा बलिउडका ठुला फिल्महरुले रिलिज रोकिरहेका छन् । यसै बीच केहि फिल्म निर्माताले ओटिटी माध्यमबाट पनि फिल्म रिलिज गर्ने तयारी थालेका छन् । नवाजुदीन सिद्दिकी अभिनित फिल्म ‘घूमकेतु’ ओटीटिमा रिलिज भईसकेको छ भने अमिताभ बच्चनसँगै पहिलो पटक स्क्रिन शेयर गरेका आयुष्मानको प्रतिक्षित फिल्म ‘गुलाबो सिताबो’ पनि रिलिज हुदैछ ।
यहि लिस्टमा थपिएको छ ‘गुञ्जन सक्सेना ’ । धड्क मार्फत बलिउडमा डेब्यु गरेकी जाह्नवीको दोस्रो फिल्म भने हलमा नभई डिजिटल प्लेटफर्ममा आउन लागेको हो । धर्मा प्रोडक्सनको व्यानरमा निर्मित फिल्मलाई करण जोहरले निर्माण गरेका हुन् । गुञ्जन सक्सेनाको कथा एक महिलाको हो, जो भारतको एयर फोर्समा काम गर्थिन् । सन् १९९९ को कार्गिल लडाइँमा उनले सैनिकहरूको ज्यान जोगाएकी थिइन् । फिल्मलाई नेटफ्लिक्समा हेर्न पाइनेछ । (एजेन्सी)












