रहेनन् जयनेन्द्र

फिल्म । ८० वर्षको उमेरमा कलाकार जयनेन्द्र चन्द ठकुरीको आइतबार निधन भएको छ । ठकुरीको बिहान ११ बजेर २० मिनेटमा आफ्नै घर बागडोलमा निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले जानकारी दिए । लामो समयदेखि प्यारालाइसिस रोगका कारण थलिएका ठकुरीलाई प्रेसर, सुगरलगायतको स्वास्थ्य समस्या रहेको थियो ।

चन्दले भारतीय फिल्म ‘पञ्चओटी’ तथा पाकिस्तानी एक फिल्ममा समेत अभिनय गरेका छन् । कलाकार ठकुरीले ‘एक्का ट्रायल, पर्खी बसे, दुई पल, अंगरक्षक, माया बैगुनी, चाँदनी, चोर, ज्वाला, देउकी, अधिकार’ लगायतका फिल्ममा अभिनय गरेका ठकुरीले कलाकारितामा झन्डै ४ दशकको समय विताईसकेका छन् ।

कमेन्ट गर्नुहोस्