देश । शुक्रबार सर्लाहीमा भेटिएका ४ कोरोना भाइरस (कोभिड १९) संक्रमित मध्ये २ सञ्चारकर्मी रहेका छन् । फ्रन्टलाइनमा रहेर काम गर्दै आइरहेका सर्लाहीको मलंगवा नगरपालिकाका दुइ सञ्चारकर्मीलाई संक्रमण देखिएको हो । जाँच गरिएका अन्य सञ्चारकर्मीको रिपोर्ट भने नेगेटिभ आएको छ । सर्लाहीमा भेटिएका दुइ जना मलंगवा नगरपालिकाका हुन् भने कौडेना नगरपालिकाका हुन् । उनीहरु भारतबाट केहि दिन अगाडी मात्र नेपाल आएका थिए । संक्रमित ४ जनालाई नै मलंगवा नगरपालिकाको आइसोलेसन वार्डमा राखिएको छ ।
कमेन्ट गर्नुहोस्







