देश । पछिल्लो समय प्रदेश नम्बर २ अन्तर्गतको जिल्ला रौतहटमा संक्रमितको संख्या बढ्दो छ । रौतहट जिल्ला अन्तर्गतको विभिन्न नगरपालिका तथा गाउँपालिकामा ५६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । राजपुर नगरपालिकाका ३३, इशनाथ नगरपालिकाका १५, मौलापुर नगरपालिकाका ६ र बोधिमाई नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै रौतहटमा संक्रमितको संख्या १८१ पुगेको छ ।
संक्रमण पुष्टि भएका सबै जनालाई गरुडास्थित विर्तामा रहेको प्रहरी विद्यालयको आइसोलेसनमा ल्याउने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय , रौतहटले जनाएको छ । भेटिएका संक्रमितहरु सबै भारतका विभिन्न सहरबाट केहि दिन अगाडी मात्र नेपाल आएका थिए । ५६ जना थपिएसँगै रौतहटमा संक्रमितको संख्या १ सय ८१ पुगेको छ ।
कमेन्ट गर्नुहोस्







