देश । प्रदेश नम्बर २ मा ७६ जना कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । वुधवार विहान प्राप्त जानकारी अनुसार धनुषामा २९ जना, महोतरीमा १७ जना, सप्तरीमा १४ जना, सर्लाहीमा ७ जना, सिरहामा ६ जना र रौतहटमा ३ जना संक्रमिति भएका हुन । सर्लाहीमा भेटिएका ७ संक्रमित जिल्ला स्थित सदरमुकामको क्वारेन्टाइनमा रहेको बुझिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको परीक्षणमा ७६ जनामा काेराेना पुष्टि भएकाे हाे ।
सर्लाही जिल्लामा देखिका ७ जना नै मलंगवा नगरपालिका अन्तरगतको वडा नम्बर २ मा निर्माण गरिएको कवाद हलको क्वारेन्टाइनमा रहेका छन् । ति सम्पूर्ण सर्लाही जिल्ला अन्तर्गत पर्ने मलंगवा नगरपालिकाका वडा नम्बर ३ र ९ का १/१ जना वडा नम्बर ६ खुटौनाका ३ जना र वडा नम्बर ११ गम्हरीयाका २ जना रहेका छन् । संक्रमण पुष्टि भएका व्यक्तिहरुलाई मलंगवा २ स्थित रहेको सन्त अल्पमाई रामनारायण यादव नर्सिङ्ग कलेजको आइसोलेशन वार्ड राखेर उपचार गरिनेछ । संक्रमित सम्पूर्ण व्यक्ति भारतका विभिन्न स्थानबाट आएका थिए ।










