विदेश । गत वर्षको डिसेम्बर अन्तिममा चीनको वुहानमा पहिलो पटक कोरोना भाइरस (कोभिड १९) को संक्रमित पाइएको थियो । हालसम्म खोप निर्धारण नगरीसकिएको अवस्थामा सामाजिक दुरी कायम गरेर कोरोना भाइरसको महामारीलाई रोक्न सकिने भएको हुँदा विश्वका अधिकांस देशसँगै नेपाल पनि लकडाउनमा छ । नेपालमा गत चैत्र ११ गतेदेखि लकडाउन गरिएको हो ।
लकडाउनको कारण अर्थव्यवस्थामा ठुलो असर परेको छ । कोरोना भाइरस उपचार र शंकामा रहेको व्यक्तिको परिक्षण सरकारको दायित्व भएको हुँदा नेपाललाई एसियाली विकास बैंक (एडीबी)ले कोरोना भाइरससँग लड्न २५ करोड अमेरिकी डलर अर्थात करिब ३० अर्ब रुपैयाँ ऋण सहायता उपलब्ध गराउने भएको छ । एडीबीले मंगलबार ऋण सहायता स्वीकृत गरेको हो ।
#ADBNEWS: The loan will help Nepal fund its response to the COVID-19 pandemic, including measures to strengthen the country’s public health systems and mitigate the adverse economic and social impacts of the pandemic, particularly on the poor.
— Asian Development Bank (@ADB_HQ) May 26, 2020
READ: https://t.co/HbCs6hPPIR pic.twitter.com/SM1hXSogdi
एडीबीका अध्यक्ष मसास्टुगु असकावाले प्रतिकुल अवस्थामा बैंक नेपालको साथमा रहेको उल्लेख गर्दै यो सहुलियतपूर्ण ऋण सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका गतिविधिमा लगाउन सक्ने उल्लेख गरेका छन् । सार्वजनिक स्वास्थ्य सेवाको सुदृढीकरण तथा कोभिड-१९का कारण आर्थिक तथा सामाजिक रुपमा परेको क्षति न्यूनीकरणमा यो रकम खर्च हुने एडीबीले जानकारी गराएको छ ।
एडीबीले यसअघि पनि यूनिसेफका माध्यमबाट समेत नेपाललाई ३ लाख अमेरिकी डलर बराबरको अनुदान सहयोग प्रदान गरिसकेको छ । भने , हालै प्राप्त सहयोगबाट नेपाल सरकारले सात वटै प्रदेशमा कम्तिमा २ लाख क्वारेन्टाइन निर्माण गर्न र दैनिक ३ हजार मानिसको कोरोना परीक्षण गर्न सक्ने एडीबीले उल्लेख गरेको छ ।
(एजेन्सी)











