देश । गत शनिवार जनकपुरस्थित प्रादेशिक अस्पतालको आइसोलोसन कक्षबाट झ्याल फोडेर भागेका कोरोना भाइरस (कोभिड १९) संक्रमित अस्पताल फिर्ता भएका छन् । उनलाई सोमबार अपरान्ह उनकै घर सर्लाही धनकौलबाट प्रकाउ हरेर जनकपुर पठाईएको हो । उनि घरमै आउने शंका लागेर सर्लाही प्रहरीले कुरेर बसेको थियो । उनि जनकपुरबाट हिडेरै घर आइपुगेका थिए ।
उनलाई सर्लाही प्रहरीले पक्राउ गरेर धनुषा प्रहरीलाई जिम्मा लगाएको हो । ति संक्रमित पटक पटक अस्पतालबाट भाग्ने प्रयास गरेका थिए । गत शनिवार भने उनि भाग्न सफल भएका हुन् ।
कमेन्ट गर्नुहोस्








