दृश्यमको सिक्वेल बन्ने

फिल्म । सफल मलयालम फिल्म ‘दृश्यम’ सिक्वेल बन्ने भएको छ । जितु जोसेफ निर्देशित फिल्मको सिक्वेल बन्ने घोषणा अभिनेता मोहनलालले गरेका छन् । उनले आफ्नो ६० औँ जन्मोत्सवमा फिल्मको सिक्वेल बन्ने घोषणा गरेका हुन । सामान्य परिवारको कथा भन्ने फिल्मले मलयालम मात्र नभई तामिल र हिन्दी भाषामा अपनी सफलता पाइसकेको छ ।

तामिल भाषाको फिल्मलाई जितुले नै निर्देशन गरेका थिए भने हिन्दी भाषाको फिल्मलाई निशिकांत कामतले । सम्पूर्ण भाषामा फिल्मलाई सफलता मिलेको छ । त्यसैले सन् २०१३ मा रिलिज भएको फिल्मको सिक्वेल बनाउने सोच मोहनलालले गरेका हुन् । यसमा मोहनसँगै त्रिषा पनि देखिनेछिन् । आमाले आफ्नै छोरीको हत्या गरेपछि सिर्जित हुने अवस्था र त्यसलाई सामना गर्ने परिवारको कथा फिल्मले भन्नेछ । भारतीय मिडियामा आएको खबरलाई आधार मान्ने हो भने यसको ५० प्रतिशत भन्दा बढी छायाँकन भइसकेको छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्