स्थापना दिवसमा रक्तदान कार्यक्रम

फिल्म । राष्ट्रिय चलचित्र पत्रकारिता दिवस तथा चलचित्र पत्रकार संघको स्थापना दिवसको अवसर पारेर दाङ शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ । विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) का कारण रगतको अभाव हुने भन्दै शाखाले रक्तदान कार्यक्रमको आयोजना गरेको जनाएको छ ।

लकडाउनकै कारण संघले हरेक वर्षको वार्षिकोत्सब तथा पत्रकारिता दिवसमा वितरण गर्दै आएको पुरस्कार र सम्मानको औपचारिक कार्यक्रमलाई स्थगित राख्दै यो वर्ष दाङ शाखाले सामाजिक दुरी कायम राख्दै रक्तदान कार्यक्रम आयोजना गरिएको अध्यक्ष शिव पुनले जानकारी दिए । कार्यक्रममा त्रीशिद्धेश्वरी राप्ती यातायात प्रा.लि. का अध्यक्ष एवं समाजसेबी सुरेस हमाल, चलचित्र पत्रकार संघ दाङका पदाधिकारी,सदस्य,विभिन्न मिडियामा आवद्ध पत्रकार, व्यवसायी र जिल्लामा क्रियाशिल सामाजिक संस्था दाह्री ग्याङका सदस्य सहित १८ जनाले रक्तदान गरेका छन् ।

कमेन्ट गर्नुहोस्