पत्नीले मागिन् नवाजुद्धिनसँग ‘डिभोर्स’

फिल्म । बलिउडका प्रभावशाली अभिनेता नवाजुद्धिन सिद्धिकीले ४६ औँ जन्मदिनमा पत्नी आलियाबाट सम्बन्धबिच्छेदको सूचनाको पाएका छन् । पत्नी आलियाले आफूले सम्बन्ध बिच्छेदको सूचना नवाजुद्धिनलाई पठाएको खुलासा गरेकी छन् । मोबाइल म्यासेज र इमेल मार्फत पनि डिभोर्सको लागि सूचना पठाएको आलियाले बताएकी छन् ।

एकपछि अर्को फिल्ममा दर्शकको मन जित्दै अगाडी बढिरहेका नवाजुद्धिनले यसबारे कुनै पनि प्रतिक्रिया दिएका छैनन् । उनले पत्नी आलियालाई पनि कुनै जवाफ नफर्काएको बताइएको छ । नवाजुद्धिन लकडाउनका बावजद उत्तर प्रदेशसस्थित आफ्नो गाउँ पुगेका छन् । जहाँ उनकी आमा बिरामी छिन् ।

११ वर्षको वैवाहिक सम्बन्ध तोड्दै डिभोर्सको लागि आवेदन दिएको आलियाको भनाइ छ । उनीहरुका दुई छोरी समेत छन् । आफूहरुबीच एक दशकदेखि नै सम्बन्ध बिग्रिएको भन्दै आलियाले डिभोर्स माँग गरेकी हुन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्