चिकित्सकलाई दुर्व्यवहार गर्ने युवा पक्राउ

देश । केहि समय यता वागमती प्रदेशका जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्कीलाई दुर्ब्यबहार गरीएको भन्दै समाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । उपत्यका प्रवेश गर्ने एक प्रमुख नाका नागढुंगामा खटिएका उत्तम कार्कीले दुर्व्यवहार गरेको भन्दै प्रहरीले पक्राउ गरेको छ ।

कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि खटिएको भन्दै शुक्रबार दिउँसो उनीलगायतले प्रहरीकै अगाडि कार्कीको खानतलासी पनि लिएका थिए । जसकाे चौतर्फी विरोध भएको थियो । कार्कीविरूद्ध अभद्र व्यवहारको कसूरसम्बन्धी अभियोगमा कारबाही प्रक्रिया अघि बढ्ने बताइएको छ ।

कमेन्ट गर्नुहोस्