सलमानको हिरोइनसँग प्रभासको जोडी ?

फिल्म । सलमान खानलाई बलिउडमा स्थापित गराउने फिल्म ‘‘मैने प्यार किया’बाट बलिउडमा प्रवेश गरेकी नायिका भाग्यश्री पछिल्लो समय रजतपटबाट टाढा छिन् । उनी, आफ्नै घरायसी जीवनमा नै बढी व्यस्त देखिएकी थिइन् । उनले पर्दा छाडीरहदा गत वर्ष उनकै छोरा अभिमन्यु देसाईले ‘मर्दको दर्द नही होता’ मार्फत बलिउडमा डेब्यु गरे ।

फेस्टिभलमा फिल्म रुचाइएपनि अभिमन्युलाइ व्यसायिक सफलता भने मिल्न सकेन । तर , अब भाग्यश्री आफैले पर्दामा कमब्याक गर्ने भएकी छिन् । ‘मा यतिबेला दुइ वटा कथा पढिरहेकी छु र एउटा फिल्ममा प्रभास छन्’ उनले मिडियासँग कुराकानीको क्रममा भनिन् । तर , उनि प्रभासको जोडी भने हुने छैनन् । उनका २ सन्तानले नै उनलाई पर्दामा फर्किनका लागि सुझाव दिएपछी आफु फिल्ममा आउने लागेको उनले बताई । (एजेन्सी)

कमेन्ट गर्नुहोस्