चाँगु लेकको हिउँमा आर्यन र प्रियंकाको जोडी

फिल्म । बिकास आचार्यको निर्देशनमा तयार भइरहेको फिल्म ‘हजार जुनीसम्म’ मा दर्शकले आर्यन सिग्देल र प्रियंका कार्कीको जोडीलाई देख्न पाउनेछन् । फिल्म कलिउडमा पहिलो पटक देखिएको यो जोडीलाई त्यसयता नाई नाभंनी ल ३ , माला , क्लासिक लगायतका फिल्ममा दर्शकले देखिसकेका छन् । यी दुइको रोमान्टिक गीतलाई सिक्किमकै हिमाली भेगमा छायांकन गरिएको छ । गीतमा आर्यन र प्रियंका रोमान्टिक देखिएकाछन् । फिल्मको सार्वजनिक विभिन्न तस्वीरमा एजेड गेटअपमा देखिएका आर्यन यसगीतमा भने युवाछन् ।

गीतमा यी दुइको केमेष्ट्रीसंगै ग्लामर पनि देखाइएको छ । गीतमा प्रियंका र आर्यनको गीतलाइ चाँगु लेक माथि खिचिएको हो , जसको तापक्रम माइनस ४ डिग्री रहेको छ । सिक्किमको गान्तोकमा अवस्थित यो ताललाइ पानीको श्रोत पनि भन्ने गरिन्छ । पर्यटकको लागि आकर्षणको केन्द्र मानिने चाँगु लेकमा खिचिएको गीतलाई लिएर प्रियंका निकै उस्थित छिन । उनले इन्स्टाग्राममा आफ्नो भावना शेयर गर्दै निकै दुखका साथ् गीतको छायांकन गरिएको जनाएकी छिन । फिल्मलाई अरुण रेग्मीले निर्माण गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्