निर्देशकहरुको राहत प्राविधिकलाई

फिल्म । कोरोना भाइरस (कोभिड १९) को कारण विश्वका अधिकांस देश ठप्प छन् । विशेषगरी दैनिक ज्यालादारी काम गर्नेलाई यो लकडाउनले निकै सताएको छ । कोरोना भाइरसको संक्रमण रोक्न सामाजिक दुरी कायम गर्नु पर्ने भएकाले विश्वका अधिकाँस देशमा लकडाउन गरिएको छ । तर , यस्तो परिस्थितिमा सहयोगी हातहरु पनि अगाडी बढिरहेका छन् । मनोरंजन क्षेत्रमा प्राविधिक प्राय दैनिक ज्यालादारी हुन्छन् । फिल्मको काम नभएपछी धेरै प्राविधिकलाई समस्या परेको छ ।

एउटा फिल्मलाई पूर्ण बनाउने प्राविधिकको सहयोगमा केहि समय अगाडी अभिनेता पल शाह अगाडी आएका छन् । चलचित्र प्राविधिक संघ पनि सहयोग जुटाउदै राहत वितरण गरिरहेको छ । यसैक्रम निर्देशकहरुको छाता संगठन चलचित्र निर्देशक समाजले पनि प्राविधिक संघलाई सहयोग गरेको छ । हाल अमेरिकामा रहेका नेपाली फिल्म निर्देशकहरु मार्फत संकलित रकम निर्देशक समाजका महासचिव जनकदीप पराजुलीले प्राविधिक संघका अध्यक्ष पुस्कर लामालाई हस्तान्तरण गरेका हुन् ।

निर्देशक समाजको संयोजकत्वमा संकलित ४३ हजार ७ सय ५४ रुपैंयाँ ९८ पैसा हस्तान्तरण गरिएको हो । महासचिव पराजुलीकै पहलमा भएको यो कार्यलाई प्राविधिक संघले धन्यवाद दिएको छ । अमेरिकामा रहेका निर्देशकहरु नारायण पुरीले १०० डलर, दिनेश कार्कीले ६० डलर, गोपाल चन्द्र लामिछानेले ५३ डलर, अक्की शर्माले ५१ डलर, किशोर सुब्बाले ५० डलर र सुमन दाहालले ५० डलर सहयोग गरेका थिए ।

कमेन्ट गर्नुहोस्