फिल्म । बलिउडले सन् २०२० को अप्रिलमा दुइ ठुला कलाकारलाई गुमायो । अप्रिलको अन्तिम दुइ दिनमा अभिनेता इरफान खान र ऋषि कपूरले यो संसार छाडे । स्विटहार्टको ट्याग पाएका ऋषि र थियटर हुँदै बलिउडसँगै हलिउड फिल्ममा समेत काम गरेका इरफानको विदाईको पिडा फिल्मकर्मीले अझै भुलेका छैनन् । ऋषिको मृत्युसँगै उनको अन्तिम फिल्म ‘शर्माजी नमकिन’ के हुन्छ भने जिज्ञाषा थियो । किनकी उनले छायाँकन सकेका थिएनन् ।
यसैबीच निर्माण पक्षले बाँकी काम भिज्युयल इफेक्ट प्रयोग गरेर सम्पन्न गर्ने जनाएको छ । फिल्मका निर्माता मध्यका एकले उनको क्षतिलाई पुरा गर्न नसकेता पनि अन्तिम फिल्मलाई दर्शक माँझ ल्याउने तयारी गरिरहेको बताए । निर्देशक हितेश भाटियाले पनि फिल्मलाई प्रविधिको सहयोगमा पुरा गर्ने बताए । जुही चावलाको पनि मुख्य भूमिका रहेको फिल्मको प्रोडक्सन गएको डिसेम्बरबाट शुरु भएको थियो र फिल्मको ४ दिन को छायांकन मात्र बाँकी रहेको बताइएको छ । हलिउड अभिनेता पल वाकरको पनि फास्ट एण्ड फ्युरियस सातौँ सिरिजको छायाँकनकै दौरान कार दूर्घटना निधन भएको थियो । जहाँ उनको भाइलाई अभिनय गराउँदै प्रविधिको सहयोग लिइएको थियो । (एजेन्सी)










