फिल्म । पछिल्लो समय बलिउड कलाकारहरु कास्टिङ काउचको बारेमा खुलेर बोलिरहेका छन् । केहि समय अगाडी मात्र बलिउडका पछिल्लो समयका स्टार आयुष्मान खुरानाले सुरुवाती दिन सम्झिदै कास्टिङ काउचको बारेमा बोलेका थिए । उनले सुरुवाती दिनमा भोग्नु पर्ने समस्यालाई बताएका थिए । यस्तै समस्याको बारेमा बोलेकी छिन् , बलिउडकी हट गर्ल शर्लिन चोपडाले । कामसूत्र थ्री डीमा अभिनय गरेर चर्चामा आएकी शर्लिनले कास्टिङ काउचको सामना गर्ने पर्ने बताएकी छिन् ।
सुरुवाती दिनमा जहाँ काम माग्न गएपनि डिनरको अफर गरिने उनले बताइन । ‘डिनरको अफर गरिन्छ त्यो पनि रातको ११ बजेको समयमा । केहि डिनरमा पुगेपछि मलाइ थाहा भयो डिनर त कोडवर्ड हो , यसको मतलव अर्कै हो । त्यसपछि मैले काम माग्न छाडें र अहिले यहाँ छु’ शर्लिनले भनिन् । उनले बलिउडमा अनुहार देखाउन निकै कठिन रहेको समेत बताइन । दिल बोले हड़िप्पा, वजह तुम हो, दोस्ती : फ्रेन्ड्स फरेभर लगायतका फिल्ममा उनले काम गरेकी छिन् । (एजेन्सी)










