फिल्म । कोरोना भाइरस (कोभिड १९) को कारण विश्वनै ठप्प छ । चीनको वुहान सहरमा पहिलो पटक देखिएको यो भाइरसबाट विश्वका अधिकांस देश आतंकित छन् । त्यसैले गर्दा पनि सम्पूर्ण क्षेत्र ठप्प नै छ । भनिन्छ , अहिले विश्वले नै विश्राम गरिरहेको छ । नेपालमा पनि गत वर्षको चैत्र ११ गतेदेखि लकडाउन गरेर समाजिक दुरी कायम गरिएको छ ।
विश्वकै अवस्थालाई मध्यनजर गर्दै यो वर्ष फिल्म ‘छक्का पन्जा’को चौथो सिरिज नआउने भएको छ । फिल्मका निर्माता, कलाकार तथा लेखक दीपकराज गिरीले यो कुराको पुष्टि गरेका हुन् । उनले अवस्थालाई बुझ्दै ‘छक्का पञ्जा ४’ २०७८ सालको दसैँमा आउने संकेत गरे । ‘अहिले हामी नयाँ टिमको कथा सुनिरहेका छौँ । सायद, अब नयाँ टिमसँग सहकार्य गरेर फिल्म बन्छ’ दीपकले भने ।
नयाँ टिमसँग निर्माण हुने फिल्मलाई यसै वर्षको चैतमा रिलिज गरिने योजनामा समेत दीपक छन् । यसका लागि, दीपकको टिमले कथा सुन्न थालेको छ । अब , हेरौ उनको टिमको कोसँग नयाँ सहकार्य गर्छ ?











