फिल्म । सन् २०२० को अप्रिलको अन्तिम दुइ दिनमा बलिउडले दुइ ठुला अभिनेता गुमायो । २९ तारिखमा इरफान खान र ३० तारिखमा ऋषि कपूर । इरफान ५४ वर्षीय थिए भने ऋषि ६७ वर्षीय । अभिनयलाई बुलन्द बनाउने यी दुइ कलाकार गुमाएको शोकमा छ , बलिउड । बलिउड मात्र होइन , विश्वभर रहेका कलाप्रेमी यी दुइको बिदाइ सहज थिएन ।
फिल्मनगरीमा झन्डै ५ दशकको यात्रा गरेका ऋषिले ‘बबी’ मार्फत आफुलाइ बलिउडमा स्थापित गरेका थिए । यद्दपी उनि पर्दामा पहिलो पटक फिल्म ‘श्री ४२०’ को प्यार हुआ बोलको गीतमा बालकलाकारको रुपमा देखिएका थिए । उक्त समयमा उनि केवल ३ वर्षका थिए । गीतमा राज कपूर र नरगिस थिइन् । ऋषिलाई नरगिसले मनाएकी थिइन् ।
दृश्य गर्न नसकिरहेका ऋषिकै कारण छायाँकन रोकिएको थियो । उनले आँखा खोलेर पानी हेर्न सकिरहेका थिएनन् । तर , नरगिसले उनलाई चकलेट अफर गरिन् । त्यसपछि ऋषि तयार भए । त्यसपछि ऋषिलाई ‘मेरा नाम जोकर’ मा देखियो । उनले आफ्नै पिताको बाल्यकालको भूमिका निर्वाह गरेका थिए । त्यसपछि ऋषिले आफ्नो अभिनय यात्रालाई निरन्तर रुपमा अगाडी बढाउन सफल भए ।
चिन्टू भनेर बलाइन्थ्यो ऋषिलाई
ऋषि सानो छदा नै उनका ठुल दाई रणधीर कपूरले एक कविता सुनाएका थिए । जहाँ चिन्टूको धेरै चर्चा गरिएको थियो । त्यसपछि ऋषिको नाम नै चिन्टू राखियो । उनलाई घरमा यसै नामले बोलाउने गरिन्थ्यो । त्यसपछि उनि फिल्ममा आउँदा पनि सानो देखि नै अधिकांससँग परिचित थिए । त्यसैले गर्दा उनलाई यहिँ नामले बोलाउन थालियो । त्यसो त उनि अभिनयमा आउनुको श्रेय आफ्नो पढाइको असफलतालाई दिन्छन । उनि कक्षा ११ मा फेल भएका थिए । त्यसपछि उनि अतिरिक्त अध्यनका लागि बाहिर गएनन् । परिवारनै फिल्मी भएकोले उनले फिल्मै निरन्तरता दिए ।
अटोग्राफ प्राक्टिस
ऋषिले गीतमा अभिनय गरेपछि उनलाई ‘मेरा नाम जोकर’ मा अभिनय गर्ने अवसर मिल्यो । उनकै पिता राज कपूरको बाल्यकालको भूमिका उनले निर्वाह गर्ने पर्ने थियो । एक दिन खान खादै गर्दा राजले पत्नी कृष्णासँग सोधे । ‘मेरो जुनियर रोलमा चिन्टूलाई लिउ जस्तो लागिरहेको छ , तिमि के भन्छौ’ यो सुन्ने वितिकै ऋषि खुसि भए । र , खाना सकाएर आफ्नो रुम लागे ।
यद्दपी ऋषिको आमाले भने अध्यनलाई लिएर केहि प्रश्न राखिन् र फिल्ममा अभिनय गर्ने दिनेमा सहमत भइन । यता ऋषि रुममा पुगेर स्टडी टेबलमा आफ्नो अटोग्राफ प्राक्टिस गरिरहेका थिए । उनि निकै खुसि थिए , फिल्म गर्दैछु भन्ने सोचेर । बाल्यकालमा जब उनलाई पिटाइ लाग्थ्यो , उनि ऐना अगाडी गएर रुन्थे र हेर्थे कस्तो देखिन्छु भनेर । उनले सानै देखि आफुमा कलाकारिता देखिरहेका थिए ।
पितालाई साहब भन्थे
ऋषिका पिता थिए राज कपूर । तर , उनले सम्बोधन गर्दा राज साहब भन्ने गर्थे । अन्तर्वार्ता होस् या अनन्य स्थानमा सम्बोधनमा ‘साहब’ नै भन्ने गरेका छन् । यसको सुरुवात फिल्म ‘मेरा नाम जोकर’ मार्फत भएको थियो । ऋषिले उक्त फिल्ममा राज कपूरको बाल्यकालको भूमिका निर्वाह गरेका थिए । त्यहाँ सेटमा सबैले उनलाई साहब भन्थे ।
ऋषिकै साथी राहुल रवेल त्यहीँ सेटमा निर्देशकको टिममा थिए । उनले पनि साहब भनेर नै सम्बोधन गर्थे । सबैले साहब भन्न थालेपछि ऋषिललाई पिता भन्न अप्ठेरो लाग्यो । उनले पनि ‘राज साहब’ भन्ने थाले । त्यसपछि ऋषिले गरे फिल्म ‘बबी’ त्यहाँ पनि उनले ‘साहब’ नै भन्न थाले । त्यसपछि उनले राज कपूरलाई ‘राज साहब’ नै भन्थे भेटमा होस् या मिडियामा ।
नीतुसंगको सामिप्यता
ऋषिकि पत्नी हुन् नीतु कपूर । ऋषिले केहि फिल्ममा नीतुसँग काम गरेका छन् । फिल्ममै काम गर्ने क्रममा यी दुइ नजिकिएका थिए । ‘बबी’ मा डिम्पल कपाडियासँग काम गरेका ऋषिले त्यसपछि नयाँ अनुहारहरुसँग काम गरे । रेखा , हेमा मालिनी , जया पर्दा , जिन्नत लगायतका अभिनेत्रीहरुसँग उनले काम गर्ने अवस्था थिएन । त्यसले उनले नयाँ अनुहारसँग जोडी मिलाए ।
‘बबी’ रिलिज हुनु अगाडी नै डिम्पल कपाडियाको विवाह भएपछी ऋषिसँग कमै अप्सन थियो । नीतु र मौसमी चटर्जीसँग उनले आफ्नो जोडी फिट हुने थाहा थियो । उनले नीतुसँग ११ फिल्ममा काम गरेका थिए । तर , नीतु र ऋषि नजिकिएको फिल्म थियो ‘चित्र दुर्गा’ । यस फिल्मको छायाँकनको समयमा ऋषिको गर्लफ्रेन्डसँग ब्रेकअप भएको थियो । ब्रेकअप भएपछी ऋषि निकै दुखि थिए । उनले फिल्मको छायाँकन त गरिरहेका थिए तर , भित्रबाट निकै तनावमा थिए । ऋषिले प्रेमलाई फर्काउन निकै मेहनत गरेका थिए । तर , उनको प्रेमिकाले फिल्मनगरी छाड्नु भनेकी थिइन् । यद्दपी उनि यस्तो गर्न सक्थिएनन् । ऋषिलाई पिडामा देखेर नीतुले निकै मदत गरिन् । त्यसपछि ऋषि अन्तै छायाँकनमा पुग्दा नीतुलाई ‘टेलिग्राम’ मार्फत संदेश पठाउन थाले । यी दुइले फिल्महरुसँगै गर्न थाले । तर , ऋषिले नत नीतुलाई प्रेम गर्छु भने नत परिवारलाई विवाह गर्छु भनेर । यद्दपी यो सब उनको दिदीलाई थाहा थियो । त्यसैले ऋषि सहभागी हुने एक पारिवारिक इभेन्टमा सरप्राइज प्लान गर्दै उनको दिदीले नीतुसँग इन्गेजमेन्ट गरीदिईन् ।
लभर ब्वाईबाट विश्राम
‘बबी’ मार्फत सुरु भएको ऋषिको लभर ब्वाईको इमेज झन्डै २५ वर्षसम्म चल्यो । उनले गीत गाउने र हिरोइनको लागि लड्ने अभिनय गरे । यो भूमिका निर्वाह गर्दा गर्दै उनले आफ्नो अभिनय भने देखाउन पाएनन् । जतिबेला तिन खानहरु आमिर , शाहरुख र सलमानको इन्ट्री हुदै थियो । उनले आफ्नो ववजन बढाएर आफुलाई हिरो भन्दा पनि अभिनेताको रुपमा चिनाउन तर्फ लागे ।
उनले आफ्नो अन्त्य कुनै प्रोड्युसरको अफिस बन्द गरेर नहोस् भन्ने चाहन्थे । त्यहिँ अनुरुप उनले आफुलाई परिमार्जित गरे । फलत उनले हिरोको छविलाई हटाएर अभिनय तर्फ मोडिए । त्यसपछि उनले केहि फिल्ममा कमेडी गरे , खलनायकको भूमिका निर्वाह गरे , सहायक अभिनेताको रुपमा काम गरे । पछिल्लो समय उनले ‘अग्निपथ’ को रीमेकमा निर्वाह गरेको रौफललाको भूमिकाको निकै चर्चा भयो । (एजेन्सीहरुको सहयोगमा)











