अमिताभ र आयुष्मानको फिल्म पनि डिजिटल प्लेटफर्ममा ?

फिल्म । कोरोना भाइरसको कारण विश्व अहिले ‘लकडाउन’ मा छ । कोरोना भाइरसको फैलिदो संक्रमणलाई रोक्न लकडाउन गर्दै समाजिक दुरी कायम गर्नु पर्ने भएकोले विश्वकका अधिकांस देश अहिले लगभग बन्द छन् । केहि काम घरबाटै गरिएको छ । स्वास्थ्य र सुरक्षाकर्मी बाहेक लगभग अन्य घरमै छन् । यसैसँगै मनोरंजन क्षेत्र पनि उत्तिकै मारमा परेको छ ।

चीनको वुहानमा पहिलोपटक देखिएको कोरोना भाइरस अहिले विश्वका अधिकांस देशमा पुगिसकेको छ । चीनको केहि फिल्म हल खुलेता पनि अन्य देशमा भने बन्द छ । हलिउड तथा बलिउडका ठुला फिल्महरुले रिलिज रोकिरहेका छन् । यसै बीच केहि फिल्म निर्माताले ओटिटी माध्यमबाट पनि फिल्म रिलिज गर्ने तयारी थालेका छन् । केहि दिन अगाडी मात्र अक्षय कुमार अभिनित ‘लक्ष्मी बम्ब’ रिलिज हुनसक्ने खबर आएको थियो ।

यसैबीच शुजित सरकारको निर्देशनमा तयार ‘गुलाबो सिताबो’ पनि डिजिटल प्लेटफर्ममा आउन सक्ने सम्भावना बढेको छ । निर्देशक शुजितले कुराकानी अगाडी बढाईएको बताए । ‘हामीले दर्शकलाई फिल्म छिटो हेर्ने व्यवस्था मिलाउदै छौ । हाम्रो कुराकानी मिलेको खण्डमा हामी कुनै डिजिटल प्लेटफर्ममा रिलिज गर्नेछौ’ शुजितले भने । फिल्ममा आयुष्मान खुराना , अमिताभ बच्चन जस्ता दिग्गज कलाकारहरुको अभिनय रहेको छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्