फिल्म । केहि समय अगाडी संजयलीला भन्साली र सलमान खान प्याचअप भएको खबर बाहिर आयो । यद्दपी भनिएको त्यो प्रोजेक्टले मुर्तरुप पाउन सकेन । संजय र सलमानको मनमुटावकै बीच प्याचअप भएको खबरको चर्चा सेलाउन नपाउदा फिल्म नै रोकियो । संजय र सलमानले ‘हम दिल दे चुके सनम’ जस्ता फिल्म पनि दिएका छन् । यद्दपी त्यसपछि यिनलेसँगै काम गरेका छैनन् । सलमानले संजयको फिल्म ‘सावरिया’ मा केमियो भने गरेका थिए । तर, दर्शकले बलिउडका भाइजान सलमानलाई भन्सालीको निर्देशनमा लभ स्टोरीमा हेर्न चाहेका छन् , जुन अझै पुरा भएको छैन ।
संजयलाई उनको डेब्यु फिल्म ‘खामोसी’ मा साथ् दिएका सलमानले ‘हम दिल दे चुके सनम’ पछी भने साथ् दिएनन् । आखिर किन त ? किनकी सलमान र संजयको सहकार्यमा तयार भएको दोस्रो फिल्म आएर हिट भएको थियो । त्यसपछी सलमानले ‘साँवरिया’ मा मात्र केमियो गरे । सलमान किन रिसाए त ?
दोस्रो फिल्म ‘हम दिल दे चुके सनम’ सुपरहिट भएपछी संजयले तेस्रो फिल्मको तयारी थाले । उनको तेस्रो फिल्म थियो ‘देवदास’ । उक्त फिल्ममा संजयले शाहरुख खानलाई लिए र सलमानसँग सल्लाह पनि गरेनन् । आफुले गाह्रो दिनमा संजयलाई सहयोग गरेको तर सफल भएपछी उनले वेवास्ता गरेको लागेपछि सलमान संजयसँग टाढिए ।
त्यसपछि ‘साँवरिया’ मा भने उनका मिल्ने साथी अनिल कपूरको आग्रहमा सोनाम कपुर र रणवीर कपूरको डेब्यु फिल्म भएकाले सलमान केमियो गर्न तयार भएका थिए । त्यसपछी सलमानले संजयको धेरै फिल्मको अफरलाई अस्विकार गरे । तर, पछिल्लो समय सलमानले आफैले लभ स्टोरीमा देखिने चाहना व्यक्त गरेपछि संजयले सुनाएको स्टोरी मन परेकाले फिल्म गर्न तयार भएका थिए । यद्दपी त्यसले पनि निरन्तरता पाएन । पछिल्लो समय सलमानलाइ दर्शकले प्रेम अवतारमा देख्न चाहेका छन् , तर त्यो पुरा हुन् सकेको छैन । (एजेन्सी)











