फिल्म । पछिल्लो समय बलिउडमा उदाएका स्टार हुन् , कार्तिक आर्यन । युवापुस्ता माँझ राम्रो क्रेज बनाएका कार्तिक पनि ‘लकडाउन’ को कारण घरमै छन् । पछिल्लो फिल्म ‘लभ आजकल’ मार्फत दर्शकको माया पाउन नसकेका कार्तिक आउँदो फिल्मलाई लिएर थप सजग छन् । यिनै कार्तिकले कोरोना भाइरस (कोभिड–१९) बारे सचेतना फैलाउन आफ्नो आधिकारिक युट्युब च्यानलमा ‘कार्तिक आर्यन–बेबी स्टेप्स’ सो ल्याएका छन् ।
कार्तिकलाइ फ्यानले चिन्ने निकनेम कोकीलाइ समेट्दै उनले सिरिजको नाम‘कोकी पूछेगा’ राखेका छन् । सिरिजमा कार्तिकले कोरोनाविरुद्ध लडिरहेका डाक्टर, प्रहरी, सामाजिक कार्यकर्ता लगायतसँग कुराकानी गर्नेछन् । साथै, कोराना संक्रमणसँग लडिसकेका बिरामीसँग पनि उनले कुराकानी गर्नेछन् । कोरोना भाइरसलाई लिएर मानिसहरूमा फैलिएको थुप्रै गलत जानकारीलाई मेटाउन शो ल्याउन लागिएको कार्तिकले बताएका छन् । (एजेन्सी)











