देश । चीनको वुहानमा गत वर्षको डिसेम्बरमा पहिलो पटक देखिएको कोरोना भाइरस (कोभिड १९) यतिबेला विश्वको समस्या बनेको छ । एक मानिसबाट अर्को मानिसमा सर्ने भएकाले यतिबेला विश्व स्वास्थ्य संगठनले सामाजिक दुरी कायम गर्न आग्रह गरेको छ । नेपालमा पनि गत चैत्र ११ गतेदेखि लकडाउन भइरहेको छ । नेपालमा संक्रमितको संख्या ३१ पुगेको छ भने ३ जना निक भएका छन् ।
शनिवार मात्र थप २ संक्रमितले कोरोना भाइरसलाई जित्दै संक्रमण मुक्त भएका हुन् । पछिल्लो पटक निको भएर घर फर्किएकी बाग्लुङको महिलाको उमेर ६५ वर्ष छ । नेपालमा पत्ता लागेकी पाँचौं युवती आएकै फ्लाइटमा बेल्जियमबाट आएकी उनी कोरोना जितेर घर फर्किएकी हुन् । बाग्लुङको धौलागिरी अस्पतालमा उपचार गराएकी उनको दुई पटकसम्म गरिएको परीक्षणमा कोरोना नेगेटिभ आएपछि घर फर्काइएको हो।
नेपालमा देखिएका दोस्रो संक्रमितको पनि उपचार सफल भएर घर फर्किएकी छन् । शनिबार नै काठमाडौंकी प्रसिद्धी श्रेष्ठ उपचारपछि घर फर्किएकी थिइन् । यसअघि जनवरी २३ मा कोरोना संक्रमित देखिएका युवा पनि निको भइसकेका छन् ।










