फिल्म । टिकटकको क्रेजलाई मध्यनजर गर्दै वानेश्वरमा रहेको वान सिनेमाजले टिकटक प्रतियोगिता आयोजना गर्ने भएको छ । यस प्रतियोगितामा भाग लिनको लागि प्रतियोगिहरुले कुनै पनि एक फिल्मको संवादमा भिडियो बनाउनु पर्नेछ । उक्त भिडियोलाई ‘वान सिनेमाज’को अफिसियल फेसबुक पेजमा गरिएको पोष्टमा कमेन्ट गर्नुपर्नेछ । कमेन्ट गर्दा #onecinemas #thereisadifference #onecinemastiktokchallenge लेख्नुपर्नेछ ।
पोष्ट गरिएको उक्त भिडियोहरुमा सबै भन्दा धेरै लाइक र प्रतिकृया पाएको भिडियोलाई पुरस्कार दिइने छ । विजेता हुनेले लकडाउनपछि एक शो नै बुक गरेर फिल्म हेर्न पाउनेछन् । उक्त शोमा विजेता र उसको परिवार मात्रले फिल्म हेर्ने मौका पाउनेछन् । अप्रिलको २० सम्ममा भिडियो पोष्ट गरिसक्नु पर्ने छ ।
साथै आइप्लेक्स मलले पनि अफर ल्याएको छ । ‘क्वारेन्टाइन बिंगो’ नाम दिइएको यस अफरबाट पनि वान सिनेमाजमा फिल्म हेर्ने मौका मिल्नेछ । आइप्लेक्स मल फेसबुक पोष्टमा राखिएको फोटोमा आफूले लकडाउनमा गरेको कामहरुमा ठिक चिन्ह लगाएर कमेन्ट गरे, त्यहाँबाट उत्कृष्ट तीनलाई छनोट गरेर फिल्म देखाइने छ ।











