भोजपुरी फिल्ममा शिल्पा

फिल्म । नेपाली फिल्ममा ‘लज्जा’ मार्फत डेब्यु गरेकी शिल्पा पोखरेलले आफ्नो अभिनय यात्रालाई भोजपुरी फिल्म तर्फ बढाएकी छिन् । सोनु खत्रीको निर्माण र निर्देशन रहेको ‘जय शम्भु’ फिल्मबाट नेपाली अभिनेत्री शिल्पा पोखरेलले भोजपुरीमा डेब्यू गरेकी छन् । शनिवार फिल्मको टिजर सार्वजनिक भएको छ । यो फिल्मको अधिकांश छायांकन नेपालमा भएको हो ।

फिल्म ‘जय शम्भु’ मा अभिनेत्री शिल्पा पोखरेलले भोजपुरी अभिनेता प्रदीप पाण्डे (चिन्टु) सँग रोमान्स गरेकी छन् । उनले आफ्नो डेब्यू भोजपुरी फिल्मलाई लिएर उत्साहित रहेको सामाजिक सञ्जाल मार्फत जनाएकी छन् । फिल्ममा ध्रव कोइराला, कालु रानालगायतका नेपाली कलाकारहरुको पनि अभिनय छ । फिल्मलाई नेपाली छायाँकार हरि लामाले खिचेका हुन् । त्यस्तै, ‘जय शम्भु’ मा नेपाली फिल्मका द्वन्द्व निर्देशक श्री श्रेष्ठको एक्सन, समिर मियाको भिएफएक्स, ओम सुनारको ब्याकग्राउण्ड र रमेश बोगटीको कथा छ ।

कमेन्ट गर्नुहोस्