अनमोल र प्रदीपको भिडन्त ?

438 Shares

गसिप । अनमोल केसी र प्रदीप खड्का नेपालमा स्टारडम भएका कलाकार हुन्। उनीहरूका हरेक गतिविधि समाचार बन्ने गरेका छन्। त्यसमा फिल्म त छुट्ने कुरै भएन। तर, यति चर्चामा आएको खबर सत्य हो भने यो खबरले दुवैका फ्यानलाई भने झट्का लाग्न सक्छ। किनकि, ताजा अफवाहअनुसार अनमोल र प्रदीपका फिल्म एकै मितिमा आउँदै छन्। प्रदीपको ‘प्रेमगीत ३’ र अनमोलको ‘धुपौरे’ एकै मितिमा आउन लागेका हुन्।

प्रदीपको ‘प्रेमगीत ३’ले धेरै पहिला चैतको २८ गतेलाई प्रदर्शन मितिको रूपमा प्रचार गर्दै आएको थियो तर अनमोलले अचानक ‘धुपौरे’ साइन गरेपछि यो फिल्मका निर्माता तथा वितरक पनि सोही मितिमा आँखा गाड्न आइपुगेका छन्। ‘धुपौरे’का एक वितरकको भनाइलाई विश्वास गर्ने हो भने यो फिल्म ‘प्रेमगीत’सँगै नयाँ वर्षको अवसरमा प्रदर्शन हुनेछ। अनमोल गत वर्ष पनि उदाउँदा स्टार सलिनमान बानियाँसँग भिड्न पुगेका थिए।

अनमोलको ‘ए मेरो हजुर ३’ र सलिनको ‘यात्रा’ एकै मितिमा प्रदर्शन भएका थिए। फिल्म बनाउनभन्दा निर्माताको मेहनत बिदा कब्जा जमाउनमा देखिन्छ। यति गरीकन फिल्म पनि राम्रो बनाए पो !

(सम्पूर्ण साप्ताहिकबाट)

तपाईको प्रतिक्रिया