रङ्गमञ्च । कोरोना भाइरस (कोभिड १९) कै बीच चलिरहेको ‘क्वारेन्टाइन अभियान नाट्य उत्सव–२०७६’ समापन भएको छ । शनिवार ‘गर्भछिटा’ र ‘ताराबाजी लै लै’ प्रदर्शनसँगै १६ दिन लामाे महाेत्सव सकिएको हो । सम्पूर्ण नाटकहरु थिएटर मलको आधिकारिक फेसबुक पेजमार्फत प्रसारण गरिएको थियो ।
हुनेछ। याे महोत्सव विश्व रङ्गमञ्च दिवसको अवसरमा सुरु गरिएको थियो । काेराेना संक्रमणको सन्त्रासपछि सरकारले लकडाउनको घोषणा गरेलगत्तै चैत १४ गतेदेखि क्वारेन्टाइनमा बस्दा सहज बनाउने अभियानका साथ उत्सव सुरू भएको थियो। नाटक थिएटर मल, कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेनले संयुक्त रुपमा आयोजना भएको थियो ।
कमेन्ट गर्नुहोस्











