विदेश । चीनको वुहानमा गत वर्षको डिसेम्बरमा पहिलो पटक देखिएको कोरोना भाइरस (कोभिड १९) यतिबेला विश्वको समस्या बनेको छ । एक मानिसबाट अर्को मानिसमा सर्ने भएकाले यतिबेला विश्व स्वास्थ्य संगठनले सामाजिक दुरी कायम गर्न आग्रह गरेको छ । कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या १७ लाख ७६ हजार १ सय ५७ पुगेको छ भने यसबाट विश्वभर मृत्यु हुनेको संख्या १ लाख ८ हजार ७ सय २ पुगेको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार ४ लाख २ हजार २ सय ७० जना निको भएका छन् ।
इटालीमा मृतक संख्या १९ हजार ४ सय ६८ पुगेको छ भने संयुक्त राज्य अमेरिकामा मृतक संख्या २० हजार ५ सय ९७ पुगेको छ । यसैगरी इटालीमा संक्रमितको संख्या १ लाख ५२ हजार २ सय ७१ पुगेको छ भने अमेरिकामा संक्रमितको संख्या ५ लाख ३३ हजार २ सय ५९ पुगेको छ । इटालीमा ३२ हजार ५५ सय ३४ जना संक्रमण मुक्त भएका छन् भने अमेरिकामा ३१ हजार ९ सय १७ जना संक्रमण मुक्त भएका हुन् ।
स्पेनमा मृतक संख्या १६ हजार ६ सय ६ पुगेको छ भने संक्रमितको संख्या १ लाख ६३ हजार २७ पुगेको छ । फ्रान्समा मृतक संख्या १३ हजार ८ सय ३२ पुगेको छ भने संक्रमितको संख्या ९३ हजार ७ सय ९० पुगेको छ । बेलायतमा मृतक संख्या ९ हजार ८ सय ७५ र संक्रमितको संख्या ७८ हजार ९ सय ९१ पुगेको छ । यसैगरी जर्मनीमा मृतकको संख्या २ हजार ८ सय ७१ रहेको छ भने यहा १ लाख २५ हजार ४ सय ५२ संक्रमित रहेका छन् ।
(एजेन्सी)







